शुक्रबार सुनचाँदीको मूल्यमा कति वृद्धि

   १९ मंसिर २०७७, शुक्रबार ११:४५  

१९ मंसिर, रौतहट । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ३ सय रुपैयाँले बढेर प्रतितोलामा ९२ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजावी सुन प्रतितोलामा ९२ हजार ४ सय ५० रपैयाँमा कारोबार भईरहेको महासंघले जनाए ।

त्यसैगरी, बिहीबार तोलामा १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।