५० हजार घुससहित रौतहट अदालतका डिट्ठा पक्राउ

   १७ चैत्र २०८२, मंगलवार १७:५९  

१७ चैत, रौतहट । रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको बसन्तपट्टी निवासी लव कुमार सिंह रहेका छन । जिल्ला अदालत गौरमा करार कर्मचारीका रुपमा डिठा पदमा कार्यरत सिंहलाई अख्तियारको टोलीले अदालत परसिरमा छापा मारी घुस रकम लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको हेटौडास्थित कार्यालयले ५० हजार घुससहित उनलाई पक्राउ गरेको हो । अदालतको फैसला बमोजिम दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइ दिएबापत उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ ।

घुस लिँदै गरेको अवस्थामा अदालत परिसरबाटै अख्तियारले उनलाई उनलाई मंगलबार पौन ४ बजे पक्राउ गरेको हो ।