यमुनामाई गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद मुखियाको हृदयाघातबाट निधन

   २१ माघ २०८२, मंगलवार ११:३९  

२० माघ, राैतहट । रौतहटको यमुनामाई गाउँपालिकाले गाउँपालिकाका प्रथम अध्यक्ष श्रीप्रसाद मुखियाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एक दिन शोक विदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाद्वारा जारी शोक वक्तव्यमा मुखियाले गाउँपालिकाको विकास, सुशासन र सामाजिक रूपान्तरणका लागि पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्दै उहाको निधनले गाउँपालिकाले एक सच्चा मार्गदर्शक तथा अभिभावक गुमाएको जनाइएको छ।

प्रथम अध्यक्ष मुखियाकाे आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरिएको गाउँपालिका कार्यालय द्वारा जारी शाेक वक्तव्यमा उल्लेख गरिएको छ।

गाउँपालिकाले पूर्वअध्यक्ष मुखियाको सम्मानमा यमुनामाई गाउँपालिका कार्यालय मातहतमा रहेकाे सबै कार्यालय तथा शाखाहरुका मंगलबार एक दिन शोक विदा दिने निर्णय गरिएकाे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादबले जानकारी दिनु भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मुखिया यमुनामाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएका थिए।मंगलबार अत्यावश्यक सेवा बाहेक गाउँपालिका र मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने सूचना जारी गरिएको छ।