४९ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

   २७ पुष २०८२, आईतवार १६:४४  

२७ पुस,काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशनले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए ।

कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहमा दिइएको जानकारीअनुसार अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नामावली दर्ता गराएका छन् ।

४९.३४ प्रतिशत भनेको २३ सय बढी महाधिवेशन प्रतिनिधि सहभागी हुनु हो ।