भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र
२५ पुस, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आयोजना गरेको हो ।
कांग्रेसको चारतारे झन्डाले भृकुटीमण्डप र आसपासको क्षेत्र शृंगारिँदै छ । कार्यकर्ता बिहानैदेखि उक्त कार्यमा खटिएका छन् ।
यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने गगन–विश्वप्रकाश पक्षको तयारी छ । कांग्रेस संस्थापन भने विशेष महाधिवेशनको विपक्षमा छ । हालको अवस्थामा विशेष महाधिवेशन पार्टीको हितमा नरहेको कांग्रेस संस्थापनले जनाएको छ ।






