सवारी दुर्घटनामा एक जनाको मृत्यु

   २१ पुष २०८२, सोमबार १३:०६  

२१ पुस, रौतहट । रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोकमा सोमबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

सोमबार बिहान करिब ८ बजेर ४५ मिनेटको समयमा प्रदेश ०३–००१ ज–७६६ नम्बरको यात्रु बोक्ने लालीगुराँस इभी भ्यान र अन–टेष्ट प्लाटिना मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२ इनर्वा गाउँ निवासी दिपेन्द्र वैठाको घटनास्थलमै मृत्यु भएको हो।

हुलाकी राजमार्गमा भ्यान र मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनापछि इभी भ्यान सडकबाट केही टाढा रोकिन पुगेको थियो भने मोटरसाइकल क्षतिग्रस्त भएको छ। घटनापछि केही समय हुलाकी राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो।

इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा संलग्न इभी भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ भने भ्यान चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।