रौतहटमा विष्फोट, १ जनाको मृत्यु ६ घाइते
१२ पौष, रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नं. ९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट भएको हो ।
विष्फोटमा कटहरीया ८ बलुवाका लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने कटहरीया ८ पिप्रा पोखरीयका बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन ।
बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागी वीरगंज लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविन कार्कीले बताए ।
विष्फोटकको कारणका विषयमा अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमा पुगेको समेत उनले बताए ।






