मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे ३ मन्त्री नियुक्त

   २२ मंसिर २०८२, आईतवार १३:१९  

२१ मंसिर, जनकपुरधाम । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरेका छन् ।

शुक्रबार मधेसको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता यादवले जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन्।

कांग्रेसका जंगीलाल राय, र नेकपा एकीकृत समाजवादीका कनिस पटेल पनि मन्त्री नियुक्त भएका छन्। उनीहरूको मन्त्रालय टुंगो लागेको छैन।

उनीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथग्रहण गराएका हुन्।

लामो अस्थिरतापछि मुख्यमन्त्रीमा नियुक्त यादवले ७ दलीय गठबन्धनको नेतृत्व गरेका छन्।

‘संवैधानिक सीमाभित्र रहेर मन्त्रिमण्डल गठन गर्ने’ बताएका उनलाई प्रदेशमा भागबन्डा मिलाउनै पर्ने चुनौती छ।

मुख्यमन्त्रीले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरकारलाई एमालेले पनि विश्वासको मत दिने बताएको छ।