मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त

   २० मंसिर २०८२, शुक्रबार १५:१९  

१९ मंसिर, काठमाडौं । राप्रपा नेपालकी प्रदेश मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ।

संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि विच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् ।

मधेश प्रदेशसभाले आज सूचना निकाल्दै सांसदबाट हटाएको जानकारी गराएको हो ।

पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै यही १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो । उनी समानुपातिक सांसद हुन्।