एमाले महाधिवेशनका लागी रौतहटबाट २४ प्रतिनिधि चयन
२६ भदौ, रौतहट । नेकपा एमालेको ११ औ महाधिवेशनको लागी रौतहटबाट २४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन ।
रौतहटको ४ निर्वाचन क्षेत्र र दलित क्षेत्र सहित २४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन । जिल्लाका चार वटै क्षेत्रबाट खुल्ला, महिला तथा युवा कोटाका प्रतिनिधिहरू निर्वाचन प्रक्रियाबाट तथा सर्वसहमति बाट चयन भएको नेकपा एमालेका रौतहट जिल्ला सचिव बाबुराम दाहालले बताए ।
क्षेत्र नं. ४ मा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन भएको थियो भने बाकी ३ वटा क्षेत्रमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएको थियो ।
रौतहटको क्षेत्र नंं १ बाट ५ जना, २ बाट ४ जना, ३ बाट ७ जना र ४ बाट ५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन । यस्तै दलित क्षेत्रबाट ३ जना गरेर कुल २४ जना महाधिवेशन प्रतिनिधि चयन भएको सचिव दहालले बताए ।
रौतहटको क्षेत्र नंं १ बाट बबन सिंह, सचिदानन्द साह, संजीव यादव, पावन देवी, र सरस्वती देवी प्रतिनिधि चयन भएका छन ।
क्षेत्र नंं २ बाट जयचन्द्र प्रसाद पटेल, गौरीशंकर प्रसाद जयसवाल, मोहम्मद जैद आलम र परनिया देवी पटेल चयन भएका छन ।
क्षेत्र नं. ३ बाट प्रतिनिधिमा केशव राय, नागेन्द्र राय यादव, जयराम चौधरी, अरविन्द कुमार यादव, जयराम यादव, सन्जु कुमारी कुशवाहा र कान्ति देवी चयन भएका छन ।
त्यस्तै क्षेत्र नं. ४ बाट शिव प्रसाद आचार्य, रामजी साह, शकुन्तला कुमारी, मुना सुवेदी, रवि राना मगर महाधिवेशन प्रतिनिधि चयन भएका छन । दलित क्षेत्रबाट भने जित बहादुर बिक, रामपुकार दास र शोभा कुमारी प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी हुने सचिव दहालले बताए ।






