मधेस प्रदेशका मुख्यमन्त्रीको नियुक्ति खारेजको माग गर्दै गौरमा विरोध प्रदर्शन

   २८ कार्तिक २०८२, बिहीबार १६:२६  

२५ कार्तिक, रौतहट । सात राजनीतिक दलको संयुक्त नेतृत्वमा रौतहटको सदरमुकाम गौरमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको असंवैधानिक नियुक्तिको खारेजको माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

बिहिवार घण्टाघर नजिक सात दलिय गठबन्धनका नेता तथा कार्यकर्ताहरूको सहभागितामा बिरोध प्रदर्शन गरिएको लोसपाका मधेस प्रदेश सचिव ओम लोक पटेलले बताएका छन् ।

नेताहरूले निबर्तमान प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) को गलत प्रयोग गरी एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको र शपथग्रहणलाई मध्यराति होटेलमा गराएको भन्दै मुख्य मन्त्रीको पद खारेजीको माग गरेका छन् ।

प्रदर्शनमा नेपाली काङ्ग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादव, ​लोसपा पार्टीका उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, मधेस प्रदेश सचिव ओम लोक पटेल, नेकपा (एकीकृत समाजवादी)का नेता एवं केन्द्रीय सदस्य रेवन्त झा,​नेकपा (माओवादी केन्द्र) का गौर नगर अध्यक्ष चन्देश्वर राउत, ​नेपाली काङ्ग्रेसका -१ न क्षेत्रीय अध्यक्ष श्री राम यदव, गौर नगर अध्यक्ष मोहन यादव,​जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद ,​जसपाका नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादव स,किरण ठाकुर सहित नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।