प्रहरीमा आजदेखि नयाँ महानिरीक्षक

   २८ कार्तिक २०८२, बिहीबार ११:२९  

२७ कार्तिक, काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

उनलाई गृह सचिव रामेश्वर दंगालले  दर्ज्यानी चिह्न लगाइदिए । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।