चन्द्रपुरमा जेन–जी आन्दोलनका बेला लुटिएका सामग्री युवाद्वारा फिर्ता

   २३ आश्विन २०८२, बिहीबार १३:५२  

२३ असोज, रौतहट । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते चन्द्रपुर नगरपालिकाको कार्यालयबाट लुटिएका सामग्रीहरू स्थानीय युवाहरूले फिर्ता गरेका छन्।

नगरपालिकाबाट लुटिएका ती सामग्रीहरू स्थानीय युवाहरूले घरघर गएर खोजी गरी संकलन गरेका थिए। संकलित सामग्रीहरू जनज्योति बहुमुखी क्याम्पसमा सुरक्षित रूपमा राखिएका थिए।

बिहीबार ती सबै सामग्रीहरू युवाहरूले औपचारिक कार्यक्रममार्फत चन्द्रपुर नगरपालिकालाई पुनः हस्तान्तरण गरेका हुन्।