गौरको सबगढा लच्कामा बस दुर्घटना

   २२ आश्विन २०८२, बुधबार ११:५०  

२२ असोज, रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको सबगढामा यात्रुवाहक बस दुर्घटना भएको छ ।

चन्द्रनिगाहपुरबाट गौर तर्फ आउदै गरेको ना४ख ५३१८ नम्बरको यात्रुवाहक बस लचका तर्ने क्रममा अनियन्त्रीत भएर बाटोको बाया तर्फ कोल्टो परेको थियो । घटनामा कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बसलाई सो स्थानबाट निकाल्ने प्रयास भइरहेको समेत जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

विगत तिन दिन देखी गौर नगरपालिका वडा नं. ६ सबगढाको लच्कामा बाढीको पानी जमेको छ । पानीका कारण ट्रयाक्टरबाट मानिसहरु आवतजावत गरी रहेका छन । लच्कामा पानीको बहावका कारण साना गाडी र बसहरु समेत संचालनमा आएका छैनन ।