रौतहटमा बेपत्ता दुई बालिकाको शव भेटियो
२१ असोज, रौतहट । देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमवार नुहाउने क्रममा भंगालोमा बेपत्ता भएका दुई बालिकाको शव आज फेला परेको छ ।
स्थानिय रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी हिजो दिउँसो खेतको पानी बग्ने ठाँउ (भंगालोमा) नुहउाने क्रममा सोमबारदेखि बेपत्ता थिए । निरन्तर खोजीपछि सुरक्षाकर्मीले आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अडकिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बालिका बेपता भए देखिनै सुरक्षाकर्मीको टोलीले दुवै जनाको खोजतलाश गरिरहेको थियो । यसैबीच, राजपुर नगरपालिका–८ बलुवा गोठ टोलमा गोनउर मियाको १० वर्षीय छोरा अरबाज मियाको पनि सोमवार दिउँसो लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताए ।
हाल सम्म रौतहटमा बाढीको पानीमा डुबेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने २ युवकको चटयाङ्गका कारण ज्यान गएको छ ।






