कैदी भाग्ने प्रयास गरेपछि वीरगन्ज कारागारमा सेना पुगेर नियन्त्रणमा लियो
२५ भदौ, वीरगन्ज । पर्साको वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ।
सुरक्षाकर्मीहरूले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन्। यस क्रममा सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो।

कैदीहरूले कारागारको पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि नेपाली सेनासहितको सुरक्षा निकाय परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूसँगको झडपमा चार जना कैदी गम्भीर घाइते भएका छन् । तर उनीहरूको परिचय खुलाइएको छैन।
अहिले वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।






