जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।
उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
संघीय संसद् भवन बानेश्वरको पूर्वी गेटमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रहरीको अवरोधका बीच प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फयु आदेश जारी गरे पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् ।






