प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

   २३ भाद्र २०८२, सोमबार १२:२७  

२३ भदौ, काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् ।

निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।