रौतहटबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला
द नेपाल मिडिया
१२ भाद्र २०८२, बिहीबार १५:४३
१२ भदौ, रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ सार्वजनिक गरेको छ।
चोरी भएको ट्र्याक्टर भोलिपल्ट गत साउन १० गते सर्लाहीस्थित ईश्वरपुर नगरपालिका–११, सडक छेउ खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्दै जाँदा घटनाको १ महिना पछि ट्याक्टर चोरीमा संलग्न दुईजना लाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् । पक्राउ परेकाहरूलाई चोरीमा संलग्न रहेको अभियोगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।






