नयाँ शिक्षा ऐन संसोधन गर्नुपर्ने भन्दै प्याब्सनको विरोध र्याली
१२ भदौ, रौतहट । संसदमा दर्ता भएको नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई संकटमा पार्ने भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले आज रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।
गौरको बिपी चोकबाट शुरु भएको विरोध रैली नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै प्याब्सनका केन्द्रीय सदस्य असित कुमार वैद्यले भने “प्रस्तावति ऐनले निजी विद्यालयहरूलाई पूर्ण छात्रवृती लागू गर्न बाध्य पार्ने मात्र नभई, दीर्घकालमा विद्यालय बन्द हुने अवस्था समेत सर्जिना गर्न सक्छ ।” उनले निजी विद्यालय बाच्न नसक्ने गरी ऐन ल्याइएको बताए । ऐनमा भनिएको पूर्ण क्षात्रवृती र क्रमश गैर नाफामूलक बनाउदै लगिने प्रावधानले विद्यालय संचालन गर्न नसक्ने अवश्था श्रृजना भएको उनले बताए ।

प्याब्सनले आज प्रमुख जिल्ला अधिकारी विनोद खडकालाई ज्ञापन पत्र समेत बुझाएको छ ।
यसअघि पनि निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गर्दै ऐन संशोधनको माग गर्दै आएका छन । संसद प्रस्तुत ऐन संशोधन नगरिए निजी शिक्षण संस्थाको अस्तीत्व संकटमा पर्ने प्याब्सनका जिल्ला अध्यक्ष रिशिकेष चिमरियाले बताए ।






