गौरबाट भारततर्फ जान लागेको ट्रक राजश्व अनुसन्धान विभागको नियन्त्रणमा

   १ भाद्र २०८२, आईतवार १६:११  

१ भदौ, रौतहट । रौतहटको गौरबाट भारततर्फ जान लागेको एक भारतीय नम्बरको ट्रकलाई राजश्व अनुसन्धान विभाग पथलैयाको टोलीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा गौर भन्सार पुगेको राजश्व अनुसन्धान टोलीले सो ट्रकलाई रोक्दै जाँच गरेको थियो। प्रारम्भिक कारबाहीपछि ट्रकलाई बाराको पथलैया स्थित विभागीय कार्यालयमा लगिएको छ।

हाल ट्रकमा के वस्तु लोड गरिएको थियो भन्नेबारे विभागले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। तर स्रोतका अनुसार ट्रकमा भन्सार छली गरी लैजान खोजिएका सामान हुनसक्ने आशंका गरिएको छ।

राजश्व अनुसन्धान विभाग पथलैयाका अधिकारीहरूले ट्रकको विस्तृत छानबिन र कागजातको अध्ययन भइरहेको बताएका छन्। “हामीले ट्रक नियन्त्रणमा लिएका छौँ। भन्सार छली वा गैरकानुनी सामान भए/नभएको छानबिन भइरहेको छ,” विभागका एक अधिकारीले बताए।