रौतहटमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु
द नेपाल मिडिया
३१ श्रावण २०८२, शुक्रबार १६:२४
२९ श्रावण रौतहट । रौतहटमा सिंचाइ गर्ने क्रममा करेन्ट लागेर परोहा नगरपालिका–६ बसन्तपट्टीका १६ वर्षीय राहुलकुमार पंडितको ज्यान गएको छ।
खेतमा सिंचाइ गर्न विद्युतिय मोटर जोड्ने क्रममा राहुललाई करेन्ट लागेको थियो। दिउँसो करिब २ बजेतिर घटना भएपछि उनलाई गम्भीर अवस्थामा तत्कालै स्थानीय अस्पताल पुर्याइ पनि उपचारका कै क्रममा उनको मृत्यु भएका हो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।






