धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा किसानको मृत्यु
द नेपाल मिडिया
२० श्रावण २०८२, सोमबार १३:४६
१९ साउन, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको ज्यान गएको छ ।
इशनाथ नगरपालिकाको वडा नं. ८ मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतिय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षिय शेख जाफिरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पुर्याइको थियो ।
गम्भीर घाइते रहेका जाफिरको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आफ्नै धानखेतमा विद्युतिय मोटरले पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको डिएसपी दिपक रायले बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक रायले बताए ।






