वीरगन्जको अवैध गोदाममा सशस्त्रको छापा, १८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

   २० असार २०८२, शुक्रबार ११:११  

२० असार, वीरगन्ज । सशस्त्रले महानगरपालिकाको वडा नम्बर १, छपकैयास्थित लीलावती देवीको एक तल्ले पक्की घरबाट करिब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर नेपाल ल्याई अवैध रूपले भण्डारण गरी राखिएको सामान बरामद भएको हो ।

सशस्त्र प्रहरीको नंं १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जस्थित बीओपी सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगन्जको संयुक्त टोलीले छापा मारेको थियो ।

घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुई तल्ले पक्की घरमा छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ ।