रौतहटको गरुडा नगरपालिकाको १३ औ नगरसभा सम्पन्न

   ६ असार २०८२, शुक्रबार १७:१०  

असार ६, रौतहट । रौतहटको गरुडा नगरपालिकाको १३ औ नगरसभा शुक्रबार सम्मन्न भएको छ ।

आगामि आर्थिक बर्षका लागी पालिकाले ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाको आयब्यय सहित बजेट प्रस्तुत गरेको छ समृद्ध नगर खुशी नगरबासीको लक्ष्य लिएको नगरपालीकाले आगामि आर्थिक बर्ष पुजीगत खर्च तर्फ २४ करोढ ९३ लाख चालु खर्च तर्फ १२ करोड ७५ लाख १७ हजार ३ सय ६७ रुपैया बिनियोजन गरेको छ ।

यसै गरि सघिय सरकारबाट प्राप्त ससर्त अनुदान पूजिगत तर्फ ६ करोड ६५ लाख ८० हजार र चालु खर्च २४ करोड ४२ लाख २० हजार प्रदेश बिशेष अनुदान ३० लाख प्रदेश समपुरक अनुदान २० लाख समेत गरी ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाको बजेट नगरउपप्रमुख पुनम चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

नगरउपप्रमुख चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै नगरको आर्थीक बिकासको क्षेत्रमा कृषि, उधोग ब्यापार ब्यबसाय,पर्यटन तथा सस्कृती, गरिबी न्युनिकरण र सहकारी, समाजिक बिकास क्षेत्र तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैगिक समानता तथा सामाजिक समाबेशिकरण, युबा खेलकुद तथा कला,पुर्बाधार तथा शहरी बिकास क्षेत्र तर्फ बस्ती बिकास आवास तथा भबन निर्माण, सडक पुल तथा यातायात, सुचना सञ्चार तथा प्रबिधि, बन बाताबरण तथा बिपद जोखिम न्युनिकरण र ब्यबस्थापनको क्षेत्रमा बन तथा जैबिक बिबिधता, बाताबरण ब्यबस्थापन तथा जलबायु परिबर्तन अनुकुलन, महामारी तथा बिपद ब्यबस्थापन, शुशासन तथा संस्थागत ब्यबस्थापन तर्फ स्थानीय नीति ऐन शुशासन, संगठनात्मक बिकास तथा सेबा प्रबाह,श्रोत परिचालन, योजना ब्यबस्थापनको नीति रहेको छ ।

नगरप्रमुख कन्थमणि प्रसाल जैयसवालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रि राजकुमार गुप्ताले पालिकामा सबै पार्टीको प्रतिनिधित्व रहेपनि बिकास निर्माणमा सबैको साथ रहेको पाएकाले यो उदाहरण आफुले प्रतिनिधि सभामा समेत बोल्ने बताउनु भयो ।