राजपुर नगरपालिकाको ९ औं नगर सभा सम्पन्न

   १ असार २०८२, आईतवार १४:३७  

रौतहटको राजपुर नगरपालिकाको ९ औं नगर सभा सम्पन्न भएको छ ।

राजपुर नगरपालिकाको नगर प्रमुख मो.राजिक आलमले अगामी आर्थिक बर्ष २०८२–०८३ को लागि ५७ करोडको बजेट ल्याएको घोषणा गरेका छन् ।

राजपुर नगरपालिकाको सभाकक्षमा आईतबार सम्पन्न भएको ९ औं नगर सभामा अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सहित टोलटोलमा  विकास कार्यमा जोड दिने मेयर राजिकले घोषणा गरेका छन्। मेयर राजिकले आर्थिक वर्ष २०८२–०८३ का लागि कुल ५७ करोड बजेट घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न अनुमानित आय व्यय सहितको सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख मो.राजिक आलमले बताए ।

नगरसभामा उपमेयर , प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर , लेखा पाल मनोज कर्न , प्रशासन शाखा प्रमुख, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दाहरु, सन्चार्कर्मी लगायतको सहभागितामा नगरसभा सम्पन्न भएका छन् ।