सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

   १६ जेष्ठ २०८२, बिहीबार १७:३८  

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।

चालु वर्षको तुलनामा एक खर्ब बढेको हो ।