बढेन कर्मचारीको तलब, महँगी भत्ता पाँच हजार पुर्याइयो
१५ जेठ, काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तलब बढाउन नसकिए पनि भत्ता बढाइएको बताए ।
स्रोत व्यवस्थापनको दबाबले अपेक्षा अनुसार तलब वृद्धि गर्न नसकिएको उनको भनाइ छ । “राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन,” उनले भने ।
उनका अनुसार साउन १ गतेदेखि लागु हुने गरी महँगी भत्ता पाँच हजार पुर्याइने उनले बताए । कर्मचारीको महँगी भत्ता भने पाँच हजार रुपैयाँ पुर्याइएको छ । अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि लागु हुनेगरी पाँच हजार पुर्याइएको बताए ।






