सर्लाही जाँदै गरेको भ्यान मकवानपुरमा दुर्घटना, १४ जना घाइते
६ जेठ, हेटाैंडा । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ ।
भिमफेदी गाउँपालिका-९ स्थित त्रिभुवन राजपथ सडकखण्ड छैसठ्टी मोडमा चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार मंगलबार दिउँसो १ बजेतिर प्रदेश २-०३-००१ ज ०१४७ नं.को गाडी सडकबाट २० मिटर तल खसेको हो।
उक्त गाडी दुर्घटना भई रूखमा अड्किएको छ।
दुर्घटनाको खबरपछि प्रहरी चौकी चैसे, सिमभञ्ज्याङबाट खटिएको टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पतालमा पठाएको छ।
उक्त गाडीमा चालकसहित १४ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।






