राजपुरमा औषधी पसल अनुगमन गर्न गएको विभागको टोलिलाई हातपात

   ७ जेष्ठ २०८२, मंगलवार १४:०९  

०६ जेठ, रौतहट । औषधि पसलहरु दर्ता भए, नभएको जाँच गर्न आएको औषधी व्यवस्था विभागको टोलिलाई रौतहटमा व्यवसायीले कुटपिट गरेका छन ।

रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मेदनी चौकमा रहेको औषधी पसलहरु अनुगमन गर्न आएको औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय वीरगन्जको टोलिलाई स्थानिय औषधी व्यवसायीले कुटपिट गरेका हुन ।

राजपुरमा संचालनमा रहेको औषधी पसलहरु कानूनी रुपमा दर्ता नभएको, विक्रि वितरणका लागी प्रतिबन्धीत गरिएका औषधीहरु समेत विक्रि भएको सूचनाका आधारमा वीरगन्जबाट आएको टोलिले नेक महम्दको औषधी पसलबाट अनुगमन शुरु गर्ना साथ उनीहरुमाथि हातपात भएको हो ।

क्षेत्रिय कार्यालय वीरगन्जका प्रमुख शम्भु साह, फार्मेसि सुपर म्यानेजर ओम जयसवाल, फार्मेसी अधिकृत अमर शर्मा, नासु वीरेन्द्र महतो र चालक सुरेश कुमार माथि हातपात भएको हो ।

औषधी पसल अनुगमनको क्रममा व्यवसायी तथा केही स्थानियले कर्मचारी माथि हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक रायले बताए ।