सामाजिक संजालमा साम्प्रदायिक भिडियो बनाउने युवक पक्राउ

   २९ बैशाख २०८२, सोमबार ११:५५  

२९ वैशाख, रौतहट ।सामाजिक संजालमा साम्प्रदायिक भिडियो बनाएर धर्मलाई गालि गर्ने एक यूवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नं. ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई प्रहरीले पक्राउ गरेको हो । खानले सामाजिक संजालमा हिन्दु धर्मवालम्बीहरुको बारेमा अपशब्द प्रयोग गर्दै साम्प्रदायिक सदभाव खलबलिने भिडियो बनाए पछि गौरका स्थानियहरुले उनलाई कानूनी कारवाही गर्ने माँग गरेका थिए ।

आइतवार राति भाइरल भएको भिडियोमा खानले बोलेका अपशब्दहरु प्रति स्थानियले सामाजिक संजालमा तिव्र आक्रोश पोख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालले नीजलाई तत्काल पक्राउ गरी कारवाहीको गर्न माँग उठेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक नेत्रमणी गिरीले सामाजिक संजालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए । खानका विषयमा आवश्क अनुसन्धान गरेर आवश्यक कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ ।

धार्मिक सदभाव बिगार्न खोजेका खानलाई कडा कानूनी कारवाही गर्नुपर्ने स्थानियले माँग गरेका छन ।