पूर्वमन्त्री प्रदीप नेपालको निधन

   २३ बैशाख २०८२, मंगलवार १७:३२  

२३ वैशाख, काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी पार्किन्सन रोगबाट पीडित थिए ।

पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।

वामपन्थी नेता प्रदीप नेपालकाे पार्थिव शरी अबको एक घण्टापछि एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ ।

भतिजा महेश नेपालका अनुसार परिवारका सदस्यहरूले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने निर्णय सुनाएपछि आजै तयारी गरिएको हो ।