मूर्ति सेलाउने क्रममा डुबेर मृत्यु

२३ मंसिर, रौतहट । सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।
रौतहटको राजदेवि नगरपालिका वडा नं. ६ मा रहेको बाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी नगरपालिका ७ मुडवलवाका २२ वर्षिय सुरज यादवको डुबेर बेपता भएका थिए ।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको हिजो देखीनै सुरक्षाकर्मी तथा स्थानियले खोजी गरिरहेका थिए । यादवको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए ।
पानी मुनी रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टम पछि परिवारजनको जिम्मा लगाइएको डिएसपी रायले बताए ।