खैरो हिरोइन सहित एक व्यक्ति पक्राउ
द नेपाल मिडिया
२१ माघ २०८१, सोमबार १२:५१

२१ माघ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाबाट लागु औषध खैरो हिरोइन सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नं. ४ चिडियादहबाट प्रहरीले ३१ वर्षिय सागर श्रेष्ठलाई खैरो हिरोइन सहित पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको टोलिले श्रेष्ठलाई १.५ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले बताए ।