नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणको माग गर्दै धर्ना सुरु

१८ माघ, पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन् । शक्रबार बिहानदेखि नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो ।
निर्माणको लागि टेन्डर भए पनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा.नीरजकुमार सिंहले बताए ।
उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निर्माण हुन सकेको छैन । नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा भने ५ सय शय्याको भवन निर्माण भई कार्य सञ्चालन समेत भइसकेको उनको भनाई छ । -न्युज एजेन्सी नेपाल