नक्कली पोस्तेल देखाएर लुटने भारतीय पक्राउ

९ माघ, रौतहट । नक्कली पेस्तोल देखाएर यात्रुहरुलाई लुटपाट गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिकाको वडा नं. ४ मठिया स्थित सिमावर्ती क्षेत्रमा भारतीय नागरिकले पेस्तोल देखाएर यात्रुहरुलाई लुटने गरेको खबर प्राप्त भएपछि प्रहरीले २० वर्षिय अब्दुल कलामलाई प्रहरी चौकी महुलियाको टोलीले पक्राउ गरेको हो ।
भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत खरोही वडा नं. ४ का अब्दुल कलामले सिमा क्षेत्रमा राति हिडडुल गर्ने व्यक्तिहरुलाई हतियारको डरत्राश देखाएर उनीहरुको साथमा भएका नगद लुटने गरेका थिए ।
नक्कली चाइनिज पेस्तोल सहित पक्राउ परेका आलमलाई म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।