प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
द नेपाल मिडिया
२० मंसिर २०८१, बिहीबार ०८:५१
२० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी यहाँबाट काठमाडौंको निम्ति प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङ तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीलगायत यहाँस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारीहरुले बिदाइ गरे ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ : ३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ ।






