सुनको मूल्यमा नयाँ कीर्तिमान

११ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार पनि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेर अहिले सम्मकै उच्च मूल्यको कीर्तिमान बनाएको हो । आइतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।