उपनिर्वाचनका लागि आयोगले माग्यो १० करोड 

   ३० आश्विन २०८१, बुधबार १४:०१  

३० असोज,काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रकम सरकारसँग माग गरेको छ ।

उपनिर्वाचनका लागि करिब १० करोड माग गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । “१० करोड हाराहारी माग गरिएको छ । अर्थ मन्त्रालयबाट रकम भने प्राप्त भइसकेको छैन,” उनले भने ।

मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर २ गते उमेदवारी दर्ता गरिने आयोगले जनाएको छ ।