रौतहटमा तिन जनाको मृत्यु

   १३ आश्विन २०८१, आईतवार १४:२७  

१३ असोज, रौतहट। नदीमा आएको बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको ज्यान गएको छ ।

रौतहटको दुर्गाभगवति गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ भने परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको छ । दुर्गाभगवति गाँउपालिका ४ का ३५ वर्षिय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको हो । बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लीएर लडेका उनको डुबेर मृत्यु भएको हो ।

यसैगरी परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी बालिकाको मृत्यु भएको छ । स्थानीय बिगन साहको १४ वर्षिया छोरी आशा कुमारी साहको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए ।

आज बिहान कलको पानी खाने क्रममा बौधिमाई २ मा करेन्ट लाग्दा एक १४ वर्षिय बालकको पनि मृत्यु भएको छ । विद्युतिय मोटर जडान गरिएको कलको पानी खाने क्रममा करेन्ट लागेर रामबाबु महतोको १४ वर्षिय अनिल महतोको मृत्यु भएको हो ।

बाढीका कारण रौतहटमा घर भत्कीदा चार जना घाइते भएका छन भने मौलापुरमा चट्याङ्ग लाग्दा दुई जना घाइते भएको उपरिक्षक घिमिरेले बताए ।

रौतहटमा बाढीको पानी घटने क्रममा रहेको छ ।