श्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

   १२ भाद्र २०८१, बुधबार १७:३५  

१२ भदौं, रौतहट । सशस्त्र प्रहरी बलले रौतहटको गौरबाट श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले गौर नगरपालिका वडा नं. २ भन्सार क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री भारतको सितामढी जिल्लाको भटौलिया बेलगंज टोलका रजक मियाँलाई ४ लाख नगद सहित पक्राउ गरेको हो ।

मियाँले लुकाई छिपाई ल्याएको सो रकमको श्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीको नं. ११ गणका उपरिक्षक विक्रम हुमागाइले बताए ।