रौतहटमा सवारी साधन ठोक्कीदा २ जनाको मृत्यु
रौतहट १० भाद्र । रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल ठोक्कीदा २ जनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिम बाट पुर्व तर्फ आउदै गरेको टाटा सुमो र पुर्व बाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पुर्व तर्फ जादै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र राजमार्ग हुदै पश्चिम तर्फ जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल धन्सार पुल नजिक एक आपसमा जुध्दा मोटरसाईकल सवार सुनसरी जिल्ला धरान उपमाहानगरपालिका–१५ निबासी तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निबासी बिबस बास्कोटाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए ।
दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएको छ ।






