मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खस्यो

   ७ भाद्र २०८१, शुक्रबार १२:१४  

दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ  ।

प्रारम्भिक जानकारी अनुसार पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।