प्रादेशिक अस्पताल गौर भ्रष्टाचारको अखाडा बन्दै

   १८ श्रावण २०८१, शुक्रबार ११:४१  

प्रेमचन्द्र झा
साउन १८, रौतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमीले अस्पताललाई व्यक्तिगत सम्पत्ति ठानेर गरेका एकपछि अर्को भ्रष्टाचार जन्य क्रियाकलापका कारण ठुलो विवादमा आएका छन ।

अस्पताललाई व्यक्ति सम्पति ठानेर मनोमानी ढंगले आफ्नो नातेदार देखि पार्टीका कार्यकर्ताको रोजगारी दिने भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमि विवादमा आएका हुन । नेपाल सरकारको आर्थिक ऐन कानुनलाई साईड लगाई प्रदेशिक अस्पताल गौरमा अध्यक्ष आफैले निर्माण तथा खरिद कार्य गरेका कारण भ्रष्टाचार ,अनियमितताको आरोप लागेको हो ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरको सहमतिमा अध्यक्ष हासमीले टाईल्स जडान ,औसधि खरिद ,मर्मत सम्हार र रङ्गरोग्न ,विभिन्न उपकरण खरिद देखि करारको कर्मचारी भर्नामा अनियमित अपारदर्शी ढंगले गरेको कुरा चर्चाको विषय बनेको छ ।

उपेन्द्र यादव अध्यक्ष रहेका जनता समाजवादी पार्टीको कोटाबाट अध्यक्ष बनेका हासमी आफुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काङ्ग्रेस पार्टीको नेता नजिक दौड धुपमा लागेको नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव सन्जय सहनीला बताए । तर प्रदेशमा सुशासन ल्याउनको लागि बनेको जनमत पार्टी अध्यक्ष सिके राउतको सरकारले आफ्नो पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको सह सचिव सहनीले बताए ।

अस्पताल जस्तो पवित्र ठाउँलाई अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयले अध्यक्ष हासमीलाई बर्खास्तको माग गरेका छन् ।
प्रादेशिक अस्पताल गौरमा टायल्स ,औसधि खरिद ,न्यानो झोला,अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको तत्काल छानबिन हुनुपर्ने देखिएको छ ।

गौर अस्पतालमा जाने गरेका सेवाग्राहिलाई प्राईबेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमी कै हात रहेको सेवाग्राहीहरुको गुनासो छ ।

अस्पताल बिकास समितिले अस्पतालको बिकास नगरि आफ्नो व्यक्तिगत विकासमा लागेको विषयमा कुरा गर्न अध्यक्ष हासमिसंग सम्पर्क गर्दा हुन सकेन । मधेश प्रदेश सरकार यसमा गम्भिर भई प्रादेशिक अस्पताल गौरको अनियमितता छानबिन गराउनु पर्ने देखिन्छ ।