प्रदेश सभा सदस्य साहका कारण स्थानिय मर्कामा

   १४ श्रावण २०८१, सोमबार १४:४०  

१४ साउन, रौतहट । सडक निर्माणको ठेक्का सकार गरेर पनि ठेकेदारले काम नगर्दा रौतहटका स्थानियहरु पीडित बनेका छन ।

रौतहट क्षेत्र नम्बर एक क का प्रदेश सभा सदस्य नागेन्द्र साहको निर्माण कम्पनी साह निर्माण सेवाले ठेक्का सकार गरेर पनि काम नगरेको हो । प्रदेश सांसद साहकै कारण उनकै क्षेत्रका जनताहरू यतिबेला आजित बनेका छन् ।

गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा कालोपत्रे र नाला निर्माण कार्य सम्पन्न गर्न लिखित सम्झौता गरेको साह निर्माण सेवा मलंगवा १० सर्लाहीले सम्झौता अनुसार काम नगरे पछि स्थानियहरुलाई मर्का परेको छ । दुई बर्ष भित्रमा गौर–पिपरा सडक खण्डको १२ किलोमिटरमा सडक नाला बनाउने लिखित सम्झौता गरेको साह निर्माण सेवाले समय सकिन ३० दिन बाँकी हुदा एक सेन्टीमिटर पनि सडक कालोपत्रे गरेको छैन । उनको प्रगति सन्तोषजनक नभएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले तथ्याँकबाट बुझिएका छ ।

सडकलाई पूर्ण जोतेर कालोपत्रे गर्न र बस्तीमा दुई तर्फी नाला निर्माण गर्न २०७९ असार १७ गते देखि सुरु गरेर २०८१ भदौं १० गते भित्र निर्माण कार्य सम्पन्न गर्न लिखित सम्झौता गरेको साह निर्माण सेवाका प्रोपराइटरले अहिले उक्त सडक भन्दा नाला बनाउनमा केन्द्रीत भएको हुँदा अहिले सम्मा एक सेन्टीमिटर कालोपत्रे हुन सकेको छैन । कामै नगर्ने निर्माण कम्पनीको गैरजिम्मेवारी पनाको साक्षी डिभिजन सडक कार्यालय बनेको हुँदा निर्धारित समयमा सो सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

प्रदेस सभा सदस्य साहले निर्माण कार्य गर्न लगाएका योजनाहरुमा सरकारको लगानी बालुवामा पानी सरह भएको छ । दुई वर्ष अघि यिनले सबगढामा निर्माण गरेको ढल घर भन्दा माथि रहेको थियो भने भर्खरै गत जेष्ठमा पनि गौर २ मा वडाअध्यक्ष मार्फत निर्माण गरिएको ढलले सरकारी रकम दुरुपयोगको पोल खोलि रहेको छ ।

ठेकेदारबाट प्रदेश सभा सदस्य बनेका नागेन्द्र साहका कारण उनका क्षेत्रका बासिन्दाहरू यतिबेला हैरान बनेका छन । उनले ठेक्का सकार गरेको सडकको काम विगत लामो समयदेखि नगरेका कारण स्थानीयहरू लाई आवतजावतमा समस्या भएको छ ।

निर्माणाधिन अवस्थामा रहेको गौर–पिपरा सडक खण्डको दर्जनौ स्थानमा ठूला साना खाल्डोहरु रहेको, पुल पुलेसाको मुखमा बाटो भाँसिएको, बाटो खनिएकोले जोखिमपूर्ण रुपमा यात्रा गर्नु परेको एक चालकले गुनासो पोखे । सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका अनुसार गौर–पिपरा सडक खण्डको १२ किलोमिटर सडक कालोपत्रे र बस्तीमा नाला निर्माण गर्न साह निर्माण सेवा मलंगवा १० सर्लाहीले २० करोड ५० लाख ८६ हजार ९७१.९२ भ्याट सहित रकममा ठेक्का सकारको थियो ।

सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दिपेन्द्र पाण्डेले निर्माण कार्यमा भईरहेको स्वीकार गर्दै यसबारे हामी प्राविधिकहरु संग बुझ्ने कार्यहरु भएको बताए । गौर–पिपरा–माधोपुर–समनपुर–सर्लाहीको विभिन्न स्थानमा जाने प्रमुख सडकको दुरदर्शालाई ठिक पार्न साह निर्माण सेवा मलंगवा १० का तत्कालिन प्रोपराइटर तथा वर्तमान नेपाली काँग्रेसको टिकटबाट मधेश प्रदेश सभाका सदस्य नागेन्द्र साहले उक्त ठेक्का लिएर समयमा पुरा गर्न नसकेको अवस्था छ ।

यस्ता हेलचक्रयायी गर्ने निर्माण कम्पनीलाई कालोसुचीमा राखेर कारवाही अघि बढाउन सम्बध निकायको ध्यानाकर्षण गराउदै गौर पिपरा सडक बनाउने तर्फ संघिय साँसद माधवकुमार नेपालको ध्यान जानु आवश्यक रहेको स्थानीयले बताए ।