बाग्मतीमा १ बालक बेपता

रौतहट, ३१ अषाढ । रौतहटको गढीमाई नगरपालिका लक्ष्मीपुरघाट स्थित बाग्मती नदीमा १ बालक बेपता भएका छन ।
बाग्मती नदीमा नुहाउन गएका ३ बालक मध्ये एक बालक बेपता छन । गढीमाई नगरपालिकाको वडा नं. ३ लक्ष्मीपुरका १० वर्षिय बालक हस्बुदिन कवाडी, १३ वर्षिय सैदुला कवाडी र ८ वर्षिय हसर कवाडी बाग्मती नदीमा नुहाउन पसेका थिए । नुहाउने क्रममै तिनै जना बालक डुब्न लाग्दा सैदुला र हसर कवाडी सकुशल बाहिर निस्किएका थिए ।
बाहिर निस्कीएका बालकहरुले नै आफुसँग गएको हस्बुदिन डुबेको भनेर परिवारजनलाई जानकारी गराए पछि सशस्त्र प्रहरीबलको टोलीले बेपता बालकको खोजी गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका उपरिक्षक विक्रम हुमागाइले बताए ।
हस्बुदिन र सैदुला डुब्न लागेपछि ८ वर्षिय बालक हसर कवाडीले सैदुलालाई बाहिर तानेका थिए । पानीमा डुबेर उपचारका लागी गरुडाको अस्पतालमा लगिएका सैदुलाको अवश्था मध्यम रहेको र बेपता बालको खोजीका लागी सशस्त्र प्रहरी निरिक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली खटेको सशस्त्र प्रहरी उपरिक्षक हुमागाइले बताए ।