करेन्ट लागेर पासवानको मृत्यु

अषाढ ३१, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
देवाही गोनाही नगरपालिकाको वडा नंं ७ गोनाही टोलमा खेतमा पानी हाल्न जोडिएको विद्युतीय मोटरको तारबाट करेन्ट लागेर स्थानिय ४५ वर्षिय चुनिलाल पासवानको ज्यान गएको प्रहरीले जनाएको छ ।
पासवानको खेत हुदै निजका छिमेकी रामदरेश राय यादवले आफ्नो खेतमा पानी हाल्न जडान गरी लगेको तारमा अल्झीएका उनलाई उपचारका लागी शिवनगरको अस्पतालमा पु¥याइएको थियो । उपचारकै क्रममा पासवानको मृत्यु भएको सशस्त्र प्रहरी उपरिक्षक विक्रम हुमागाइले बताए ।