बस दुर्घटनामा युवतिको मृत्यु
रौतहटको गौर–चपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुदा एक युवतिको ज्यान गएको छ ।
रौतहटको गरुडा नगरपालिका १ जयनगरमा गौरबाट भैरहवातर्फ जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना एक युवतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आज बिहान भएको सो दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बस दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए ।






