बहिनीको हत्या आरोपमा दाजु पक्राउ

   ११ असार २०८१, सोमबार १८:२२  

रौतहट, १० अषाढ । आफ्नै बहिनीको हत्या गरेको आरोपमा प्रहरीले रौतहटको परोहाबाट एक युवकलाई पक्राउ गरेको छ ।

परोहा नगरपालिकाको वडा नं. ८ नरकटिया टोलमा २० वर्षिया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाजु २२ वर्षिय दिपेन्द्र कुमार रामलाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिपेन्द्रले बहिनी तेतरी रामलाई बासको मुङग्रोले टाँउको प्रहार गरेका थिए । गम्भीर घाइते रहेकी तेतरीको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए ।

पक्राउ परेका रामलाई ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।