मौलापुरमा ३९ करोडको बजेट 

   ११ असार २०८१, सोमबार १७:५४  

रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम विभिन्न योजना सहित ३९ करोडको बजेट घोषणा गरेको छ ।

“उत्पादनमा वृद्धि, मौलापुरको समृद्धि” नारा सहित आज सम्पन्न भएको खुला शत्रमा उपमेयर गौरीशंकर प्रसाद यादवले फ्रि विजुली, फ्रि पानी तथा शुन्य कर नीतिको निरन्तरता दिदै मौलापुर नगरपालिकाले निती तथा कार्यक्रम पेश गरेको हो ।

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं रौतहट क्षेत्र नम्वर ३ का संघिय साँसद प्रभु साहको प्रमुख आतिथ्यमा उक्त नगरसभामा प्रस्तुत बजेटले विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेको छ ।

मौलापुरले “बिजुली– पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरी सँग मेयर कार्यक्रम, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

नगरको गृहिणीहरुलाई धुँवा मुक्त चूल्हों अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने कार्यक्रम यसपटक घोषणा गरिएको छ ।

नगरअधिवेशनको मेयर रिनाकुमारी साहले सभापतित्व गरेका थिए भने कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गरेको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादव, अजपा नेता त्रिभुवन साह सहित विभिन्न पार्टीका प्रतिनिधिहरु, कार्य समितिका सदस्यहरु संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।